रस अनलाइन खबर आज २०७७-१०-०४
नेपाल मगर सङ्घ, कतार शाखाले माघे संक्रान्ति पर्व मनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष अभिमत पुन मगरको सभापतित्वमा र नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार भरत बुढा मगरको प्रमुख आतिथ्यमा “नेपाली कला तथा संस्कृतिलाई संरक्षण र संवद्र्धन गरौँ” भन्ने नाराका साथ उक्त पर्व मनाइउको हो ।
मगरहरुको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिदै प्रशान्त थापा मगर कतारको मगरहरूको निम्ति २०२१–२२ का लागि सांस्कृतिक बाङ (राजा) चुनिएका छन् । महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्नेखेल आयोजना गरिएको थियो । चेयर तर्फ सहभागी पन्ध्र प्रतियोगीलाई पछि पार्दै माया मगर विजयी भएकी छिन भने डोरी तान्नेप्रतियोगिता तर्फ ५ समूहलाई पछि पार्दै नेपाल मगर सांस्कृतिक परिवारका समूह प्रथम भएको थियो।
कार्यक्रममा मगरहरूको विविध संस्कृति झल्काउने नृत्यहरू हुर्रा, कौरा, सालैजो, चुड्का, टप्पा, लोक गीतमा सङ्घका कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रमको समापन गर्दै सभापति पुन मगरले कार्यक्रम सफल बनाउने सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिँदै सङ्घले आफ्नोभेषभूषा, भाषा लिपि, संस्कृतिलाई सधैँ संवद्र्धन र प्रवर्धन गर्दै अघि बढ्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।