घरायसी विवादमा बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२९

कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । विष सेवन गरेर बटाला पनि गम्भीरावस्थामा रहेको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *