छात्रवृत्तिमा पढेका विद्यार्थीलाई अतिरिक्त शुल्क नतिरेको भन्दै आईओएमको परीक्षा दिन रोकियो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२८

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबिबिएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ ।

कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको भन्दै एमबिबिएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित गराएको हो ।

चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आईओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि परीक्षा फर्म नभरेको भन्दै परीक्षा दिन नदिइएको बताए । उनको अनुसार उनीसँग परीक्षा र्फम भर्न २ दिन समय थियो तर चिकित्सा शिक्षा आयोगले परीक्षा दिन पाउने र अतिरिक्त शुल्क नतिर्नु भनेकाले र्फम भरेका थिएनन् । सोही कारण उनीसँग प्रवेश पत्र थिएन ।

आयोगले फर्म नभरिकन परीक्षा दिन मिल्छ, निवेदन दिनु पर्दैन र अतिरिक्त शुल्क तिर्नु पर्दैन भनेकाले पैसा तिरेर र्फम नभरेको उनको दाबी छ ।

म परीक्षा दिन पाइन्छ की भनेर बुझ्न र दिन पाइए दिन्छु भनेर तयारी गरेर गएको थिएँ, रामले भने, तर विधीको शासन मान्नु पर्छ । र्फम नभरेको मान्छेले परीक्षा दिन पाउँदैन भनेर मलाई आइओएमकै सरले परीक्षा दिन दिएनन् ।

पहिला आयोगले नै अतिरिक्त शुल्क नतिर्नुस् ढुक्क हुनुस् परीक्षा दिन पाइन्छ भनेकाले आफू परीक्षा दिनबाट बञ्चित भएको उनको आरोप छ ।

२०७२ सालमा सरकारले नै खर्च दिएर नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै आएका उनीसँग नेसनल मेडिकल कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको छ ।

यसअघि ८ लाख ११ हजार रुपैयाँ अतिरिक्त शुल्क समेत बुझाएका छन् । सरकारले नतिर्नु भनेकाले मैले कलेजले मागेको अतिरिक्त शुल्क तिरिन् अहिले आएर यस्तो भयो, राम भन्छन्, कलेजको लागि अतिरिक्त शुल्क लिनु लिगल हो भने सरकारको लागि इलिगल । कस्को कुरा मान्नु ?

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *