माघे संक्रान्तिका लागि यसरी बनाइँदैछ चाकु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२८

माघ १ गते माघे संक्रान्तिका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ।

माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। काठमाडौँमा चाकु बनाउने प्रसिद्ध ठाउँ हो टोखा । जहाँ अहिले चाकु बनाउन भ्याइनभ्याइ छ ।

कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको छ।

टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’।

पहिले उखु पनि टोखामा नै उत्पादन हुने गरेको थियो । तर अहिले तराईबाट ल्याएको उखुको चाकु बन्ने गर्दछ । उखु र सख्खर तराईबाटै ल्याउने गरिएको छ ।

चाकु नेपालको मौलिक उत्पादन हो। अहिले यहाँको चाकु विदेशमा पनि निर्यात हुन्छ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *