स्रोत नखुलेको करिब ३२ लाख रकमसहित एकजना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२६

सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो ।

यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको शर्माले बताए ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *