अमेरिकामा २ करोड २१ लाखभन्दा बढीमा संक्रमण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२४

अमेरिकामा २ करोड २१ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार १९० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३१ लाख ४३ हजार ३१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८६ लाख १४ हजार ६०४ जनामध्ये २९ हजार ३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार १३४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ७४ हजार १२४ पुगेको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *