एपको नक्कल गरेको भन्दै फेसबुकमाथि जरिमाना

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२२

इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ ।

इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

फेसबुकले इटालीको around नामक एपमा रहेको Nearby नामक फिचर कपी गरेको अदालतको ठहर छ । उक्त फिचरले प्रयोगकर्ताहरुले उनीहरुको नजिक रहेका पसल, क्लब, रेष्टुरेन्ट लगायतका ठाउँहरुका बारेमा जानकारी प्रदान गर्दछ ।

यसअघि प्रारम्भिक अदालतले सन् २०१९ मा फेसबुकमाथि गरेको जरिमानाको फैसला पुनरावेदन अदालतले सदर गरेको हो । तर पुनरावेदन अदालतले इटालियन कम्पनीलाई फेसबुकले तिर्नुपर्ने क्षतिपूर्ति रकमको परिमाणमा भने वृद्धि गरेको छ । प्रारम्भिक अदालतले फेसबुकमाथि साढे ३ लाख युरो जरिवानाको फैसला गरेको थियो ।

फेसबुकका प्रवक्ताले चाहिँ अदालतको निर्णय आफुले प्राप्त गरेको भन्दै त्यसको सावधानीपूवर्क अध्ययन भैरहेको जनाएका छन् ।

(Visited 46 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *