जाजरकोटमा विद्यार्थीले देखाए खानेपानी मन्त्री थापालाई कालो झण्डा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२२

काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड-माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको नेता सुरेन्द्र बस्नेतले बताए ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *