मास्क प्रयोग नगर्नेलाई प्रहरीको कारवाही

सेयर गर्नुहोस्

रस अनलाइन खबर.आज २०७७-०४-१८

तनहुँ – मास्क प्रयोग नगरी हिँडडुल गर्ने लाई प्रहरीले कारवाही गरेको छ ।

३३० जनालाई तनहुँ प्रहरीले कारवाही गरेको छ ।

बुधबारदेखि शनिबारसम्म मास्क नलगाउनेहरूबाट ३३ हजार रूपैयाँ राजश्व पनि सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० जनालाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

कास्की प्रहरीले कारवाही गरेको छ ।

कास्की – अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गरिएकामा त्यसको अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासनमा पठाइएकोमा जनही रु १०० जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो । कोरोनाको थप जोखिम बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी एकाइसमेतबाट माइकिङ गर्ने, सम्झाइ बुझाइ गर्ने गरिएकामा अटेर गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण कास्कीवासी नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्यूनतम सामाजिक दूरी कायम गर्न र अनावश्यक जमघट नगर्नसमेत अनुरोध गर्दै आएको छ । यसको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’ उनका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *