कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।

कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइरालाको विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *