विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१९

विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

विराटनगर–१२ बखरीका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवाहरुले स्रोत जुटाएर दुई सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

शनिबार विराटनगरको बखरी आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानीय युवा भोला कामतले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाअध्यक्ष हिरालाल कामतले युवाहरुको काम सराहनीय रहेको बताए ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *