पेस्तोल देखाएर काठमाडौँमै लुटपाटको प्रयास

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१९

कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए ।

तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेको र उनीहरु भागलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *