आज टोपी दिवस मनाइदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१७

‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा जागरुक युवा अभियानले सोमबार बिहान र्‍याली निकालेका छन्।

माइतीघरबाट शुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो। र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए।

राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताए। उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गरे।

विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ। पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्‍याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताए।

यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *