रस अनलाइन खबर आज २०७७-०९-०५
मोरङको विराटनगरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
आइतबार बिहान साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको हो । राजेशकी श्रीमती ३२ वर्षीया इन्दुदेवी दास तत्मा र उनको ७ वर्षीय छोरा किसनकुमार दास तत्मा जलेर घाइते भएका छन् । राजेश भने शनिबार पाहुना गएका थिए ।
घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए ।
(Visited 23 times, 1 visits today)