रस आनलाइन खबर आज २०७७-०९-०२
कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्य अवस्था जटिल भएपछि वीर र ग्राण्डी अस्पतालमा ३६ दिन सघन उपचार गराएका विश्वकर्मा कोरोना संक्रमणमुक्त भए पनि पूर्णरुपमा स्वस्थ भइसकेका थिएनन् ।
अस्पतालबाट डिस्चार्ज भएको १६ दिनपछि नेता विश्वकर्मा आफैले विज्ञप्ति जारी गरी स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको जानकारी गराएका छन् ।
उनले कोरोना संक्रमणपछि पुनर्जीवन पाएको भन्दै उपचारमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।
कोरोना संक्रमण भएपछि नेता विश्वकर्मा कात्तिक ९ गते वीर अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था चिन्ताजनक भएपछि ११ गते ग्राण्डी पुर्याइएको थियो ।
अहिले पनि आफू लगातार बोल्न र हिँड्न सक्ने अवस्थामा नरहेको उनले बताएका छन् ।