आईतबारदेखि बाँकेमा पुन : लकडाउन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०४-१५

नेपालगन्ज : बाँके प्रशासनले आगामी आईतबारदेखि पुन: लकडाउन गर्ने भएको छ ।

लकडाउन खोलेसगैं नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

‘आईतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ’ प्रजिअ कुरुम्वाङले भने –‘बाँकेमा कोरोनाको फेरी भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो ।

बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।।

सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालय १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *