मोरङको सुनवर्षीमा आगलागी, किराना पसल जलेर नष्ट

सेयर गर्नुहोस्

रस आनलाइन खबर आज २०७७-०८-३०

मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा आगलागी हुँदा एउटा किराना पसल र गोदाम जलेर नष्ट भएको छ ।

पारस साहले सञ्चालन गरेको किराना पसल र गोदाममा मंगलबार बिहान आगलागी हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगालागीबाट एक करोडभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । लगत संकलन भइरहेकाले पूर्ण विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *