अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाइँदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२९

अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ ।

कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजबाट लगाउन लागिएको हो ।

अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै आजबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *