कोरोना खोप छिट्टै ल्याउन सरकारले पहल गरिरहेको छ: सञ्चारमन्त्री

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२४

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन् ।

बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित भर्चुअल, कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

मन्त्री गुरुङले भने, सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।

अर्काे प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिए ।

मन्त्री गुुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानवाधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *