विद्यार्थी तथा शिक्षकलाई निःशुल्क सिम

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२२

नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिनुभयो । उहाँले समुहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुबिधा रहेको बताउनुभयो ।

उहाँका अनुसार उक्त सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने शुल्क विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ अनुसार स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । रु ९९ बराबरको शुल्कमा कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सिमकार्ड लिन सक्नेछन् ।

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *