विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२१

पोखरा महानगरपालिका-२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष सिमबहादुर गुरुङले विकट बस्तीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षरोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको लायन्स क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी को-अर्डिनेटर किशोर बराल, सोही क्लबका सभापति सविता आचार्य र जोन चियर पर्सन निर्मला आचार्यले लायन्सको महत्वमाथि प्रकाश पार्नुभएको कार्यक्रममा भलाम स्वास्थ्यचौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरे विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *