रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट !

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१९

रक्सी खाएर लडेपछि घाइते बनेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत मंसिर १५ गते दिउँसो पीडितका श्रीमान काममा गएका बेला एक्लो पारेर चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिकाको कार्यालय पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चौधरीले ४ वर्ष अगाडि देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकाले सहेर बसेको पीडित महिलाले बताइन्। जेठाजुको छोरा रक्सी खाएर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधि गर्नुको बदला धामीकोमा झारफूक गर्न लगेर आफूलाई बोक्सी लागि भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।

चौधरीलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *