लकडाउन खुले संगै उपत्यकामा सवारीसाधनको चाप बढ्यो, ट्राफिकका सबै नियम लागू

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-४-८

काठमाडौं । कोभिड १९ रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउन सरकारले झण्डै चार महिनापछि मंगलबार अन्त्य भएको घोषणा गरेको छ ।

यससँगै अहिले उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । यसअघि असार १ गते सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

तर त्यो प्रणाली हटेसँगै आज अर्थात् बुधवारदेखि सम्पुर्ण सवारीसाधन चल्न थालेका छन् । सार्वजनिक यातायात र जोर बिजोर प्रणाली हटेसँगै सडकमा सवारीसाधनको चाप देखिन थालेको छ ।

एकातिर कोरोना भाइरस संक्रमणको जोखिम हटिसकेको छैन भने अर्कोतिर सडकमा चाप बढेको छ यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ? महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल भन्छन्, यसमा महाशाखाले तत्काल विशेषगरी तीनवटा जीम्मेवारीलाई अघि बढाएका छौं ।

‘पहिलो कुरा ट्राफिक व्यवस्थापन नै हो, लकडाउनअघि जसरी काम गरिरहेको थियो त्यही ढंगबाट अघि बढेका छौं’ ढकालले खबरहबसँग भने, स्वास्थ्य र सामाजिक प्रोटोकलका कुरामा ध्यान दिइरहेका छौं ।

लकडाउन पूर्वका सबै नियमहरु पुनः लागू

महाशाखाले लेनअनुशासन, मादक पदार्थ सेवन,अनाधिकृत पार्किङ,तीव्र गति, ओभर लोड, नम्बर प्लेट नराखेको मोटरसाइकल/गाडी, अनावश्यक हर्न बजाउने लगायत २५ भन्दा बढी नियमहरु पुनः लागू गरेको छ ।

जसमा विशेषगरी सवारी चालक र सहचालकले ध्यान पुर्‍याउन जरुरी देखिन्छ ।

‘लकडाउनका कारण रोकिएका यी ट्राफिक नियमहरु आजबाट कडाईका साथ लागू भएको छ’ उनले भने, ‘चिट काट्ने र जरिवाना लिने काम भइरहेको छ ।

त्यसो त सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत मात्र यात्रु चढाउन पाउने सरकारले निर्णय गरेको छ । यद्यपी सरकारको यो निर्णय विपरीत सवारी चालकहरुले यात्रु चढाउने गरेको पनि पाइन्छ ।

तर कोभिड १९ मापदण्डभन्दा विपरीत यसरी यात्रु चढाउने सवारीसाधनलाई कस्तो कारवाही हुन्छ त ? ५० प्रतिशतभन्दा बढी यात्रु चढाउने सवारी साधनलाई होल्ड गरिनेछ कारबाही गर्छौ । त्यसपछि पनि अटेर गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० अन्तर्गत मुद्धा चल्ने ।

लामो दूरीका यातायात चल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात निर्णय गरेको जानकारी दिए ।

यद्यपी आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *