फिल्म हल नखोल्न सरकारको अनुरोध

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१८

फिल्म हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाए ।

नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने, उनले भने ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *