लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१७

पाकिस्तानमा लामो समयदेखि ग्यास बन्द भएपछि गुम्बाद मैरा, मलुकाबाद, शाहदरा वाटकी र आसपासका क्षेत्रका स्थानीयहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

जाडो सुरु भएदेखि एसएनजीपीएलले प्रायः गाउँमा ग्यास आपूर्तिलाई अवरुद्ध गरिदिएको छ । जसका कारण हामीले खाना पकाउनसमेत समस्या भइरहेको छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै काम गर्न सकेको छैन,गुम्बाद मैराकी सायरा अहमदले पत्रकारलाई बताइन् ।

गुम्बाद मैराका अन्य बासिन्दाले चिसो मौसमको समयमा विशेष गरी वृद्ध र बच्चाहरूको लागि कोठा तातो राख्‍न पनि ग्यास आपूर्ति आवश्यक रहेको बताएका छन् ।

गुम्बाद मैराका इकबाल अलीले भने, रातको समयमा तापक्रम कम हुँदै गइरहेको र कोठा तताउन ग्यासको प्रयोग हुने गरेको थियो । तर, अहिले हामीलाई समस्या भइरहेको छ ।

त्यहाँका स्थानीय बासिन्दाहरूले भनेका छन्, उनीहरूलाई खाना पकाउन र पानी तताउन महँगो एलपीजी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

रहिमाबादका बासिन्दाले भने, बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म उक्त क्षेत्रको ग्यास आपूर्ति अवरुद्ध भएको बिहान सबेरै पनि, खाना र कोठा तताउन सबैभन्दा बढी आवश्यक पर्छ । सरकारले यसको तत्काल व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *