सुनको मूल्य मा नयाँ रेकर्ड, तोलामा १३ सय बढ्यो एकैदिन

सेयर गर्नुहोस्

रस अनलाइन खबर  आज २०७७-४-७  

काठमाडौं– सुनको भाउले फेरि रेकर्ड तोडेको छ । बुधबार एकै दिन तोलामा १३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ ।

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *