विश्वभर ६ करोड ३५ लाखमा संक्रमण, १४ लाख ७३ हजार संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१६

विश्वभर ६ करोड ३५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३५ लाख ८४ हजार ४३० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ९५ हजार ८९१ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४ करोड ३९ लाख ७३ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ७३ हजार ७३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २८८ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८१ लाख ३१ हजार २६९ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर रहेको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *