साबधानी नपाउँदा अमेरिका संक्रमण झन बढ्ने डा.फाउचीको चेतावनी

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१५

अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले साबधानी नपाएकै कारण अमेरिकामा आउँदा दिनमा संक्रमण उच्च दरमा थप वृद्धि हुने चेतावनी दिएका छन् ।

थ्याङ्ग्स गिभिङ्गको बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव आउँदा हप्ताहरुमा देखिन थाल्ने उनको भनाइ छ ।

यद्यपि अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए ।

मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ, डा. फाउचीले भने, तर विडम्बना सबैले यस्तो गरेका छैनन ।

महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा एक करोड ३७ लाखभन्दा धेरैमा संक्रमण भएको छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *