बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-११

आज र भोलि गरेर काठमाडौं महानगरका करीब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनेछन् ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई खोप दिएर कार्यक्रमको शुभारम्भ गरे ।

जनस्वास्थ्य विभागकाअनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई खोप दिइएको थियो । त्यस्तै गएको वर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई–भिटामिन ए पाइने र घरमै पाइने खाद्यवस्तुका बारेमा जानकारी दिने गरिएको छ ।

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *