कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदासम्म दिल्लीका विद्यालय बन्द हुने

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-११

भारतको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् ।

खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठीक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो ।

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले भने, जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।

कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो ।

भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

तुलनात्मक रुपमा कोरोनाभाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो ।

नयाँदिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् । त्यहाँ आठ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोनाभाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *