भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-११

भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारले जनजीवन प्रभावित भएको छ ।

दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेको छ ।

तुफानबाट प्रभावित ती क्षेत्रका १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् । ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् ।

भारतमा हरेक वर्ष आउने तुफानले एक सय भन्दा बढीको मृत्यु हुने गरेको छ ।

यो तुफान अहिले कमजोर हुँदै गए पनि खतरा भने नटरेको बीबीसी हिन्दीले जनाएको छ । तुफान हाल चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *