लकडाउनले ५० प्रतिशतले कमी राजश्व सङ्कलनमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-४-५  

कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ ।

सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि लकडाउन लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले बताए ।

गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ । ‘वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्’ शर्माले भने, ‘लकडाउन खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।

केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । ‘लकडाउनले यहाँका नाकाहरु अझै प्रभावित भएको छ निमित्त कार्यालय प्रमुख शर्माले भने ‘अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।

उनले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताए । त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *