खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-८

झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतकी हत्या गरेका छन् ।

दमक १ का चुडामणी भण्डारीले श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ भण्डारीले अन्दाजी ३५ वर्षीया श्रीमती टीकामायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतको हत्या गरेको उनले प्रारम्भीक बयानमा बताएको दमक प्रहरीले जनाएको छ ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *