रस अनलाइन खबर आज २०७७-०८-०३
तनहुँको पर्यटकीय केन्द्रको रूपमा चर्चामा रहेको मानहुँ डाँडामा एक पुरूषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँको शुक्लगण्डकी गाउँपालिका -७ का ३५ वर्षका सागर थापा युबक बुधबार बिहान मानहुँडाँडामा मृत भेटिएका हुन् ।
राति साथीहरुसँग मानहुँडाँडामा बसेका ती युवक विहान मृत भेटिएको प्रहरीको भनाइ छ । उनीहरू राति टेन्टमा बसेका थिए । अहिले घटनास्थलमा प्रहरी मुचुल्काका लागि जाँदै छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(Visited 7 times, 1 visits today)