तिहारको व्यस्त बजार र ढकमक्क फूल

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२८

तिहार सुरु भएसँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा चहलपहल बढेको छ ।

कोरोना भाइरसको महामारीले दशैँमा सुनसानझैँ देखिएका काठमाडौँका बजारमा तिहारमा भने मानिसहरूको चहलपहल देखिएको ।

फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको भीड बढेको छ । मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको पनि उत्तिकै छन् ।

विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका माला, दियो, ओखर, सप्तरंगी टिका, फलफूल, बिमिरो, रातो माटो, ढाका टोपी, झिलीमिली बत्तीहरु बिक्री भइरहेको व्यापारीहरु बताउँछन् ।

दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासँगै ढाकाको टोपी लगाइदिने गर्छन् ।

लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन बजारमा अझ बढी चहलपहल हुन्छ ।

कोरोनाका कारण यस वर्ष पहिलेजस्तो चहलपहल भने छैन । विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीको भनाइ छ।

कोरोना माहामारीले ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान भने हुन नसकेको व्यापारीहरू बताउँछन् ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *