ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२६

दाङ देउखुरीमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *