पोखरामा बिहीबार थप १३० जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२१

पोखरा महानगरका १ सय ३० सहित गण्डकी प्रदेशमा बिहीबार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ३ जनामा गरिएको परीक्षणमा २ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । पोखरा महानगरका १ सय ३० सहित अन्नपूर्ण गाउँपालिकाका ३ गरी कास्कीमा १ सय ३३ जना, तनहुँका १३, लमजुङका २, पर्वतका १४, वागलुङका २, स्याङजाका २, गोरखाका ४ र नवलपुरका १ सय ९ जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमण पुष्टिहुनेहरुमा पोखरा महानगर वडा नं १ की एक महिला, २ का दुई पुरुष तथा दुई महिला, ३ का १२ वर्षीय बालक सहित चार पुरुष तथा तिन महिला, ४ का आठ पुरुष तथा एक महिला, ५ का नौ पुरुष तथा तिन महिला, ६ का दुई पुरुष तथा दुई महिला, ७ का पाँच पुरुष, ८ का तिन पुरुष तथा एक महिला, ९ का पाच् पुरुष तथा ३ महिने बालिका सहित छ महिला, १० का चार पुरुष तथा दुई महिला, ११ का पाँच पुरुष तथा चार महिला रहेका छन ।

त्यसै गरी पोखरा १२ का तिन पुरुष तथा चार महिला, १३ का तिन पुरुष, १४ का चार पुरुष तथा एक महिला, १५ का चार पुरुष तथा सात महिला, १६ का एक पुरुष, १७ का नौ पुरुष तथा छ महिला, २० का एक पुरुष तथा एक महिला, २१ की एक महिला, २५ का एक पुरुष तथा तिन महिला, २६ का एक पुरुष, २७ की एक महिला, ३१ का एक पुरुष, ३३ का एक पुरुष तथा एक महिला, पोखरा महानगरका वडा नखुलेका तिन पुरुष तथा एक महिला र अन्नपुर्ण गाउँपालिकाका एक पुरुष तथा दुई महिला रहेका छन् ।

त्यसै गरी तनहुँ शुक्लागण्डकीका आठ पुरुष तथा तिन महिला, तनहुँ आँवुखैरेनी ३ का एक पुरुष, भानु ६ का एक पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिका ९ का एक पुरुष, शहिदलखन ३ का एक पुरुष, पालुङटार ७ का एक पुरुष, ८ का एक पुुरुष रहेका छन । स्याङजा विरुवा वडा नखुलेकी एक महिला, पुतलीबजार २ का एक पुरुष, पर्वत कुश्मा ६ का एक पुरुष, ७ का एक पुरुष, १० का एक पुरुष, जलजला ३ का आठ पुरुष तथा दुई महिला, ७ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यसै गरी बागलुङ जैमिनी ५ का एक पुरुष, काठेखोला १ की एक महिला, लमजुङ् मर्स्याङदी ३ का दुई पुरुष, बागलुङ काठेखोला १ की एक महिला, नवलपुर कावासोतीका वडा नखुलेका २७ पुरुष तथा २० महिला, ८ की एक महिला, ९ का एक पुरुष, मध्यविन्दु ६ की एक महिला, १२ का एक पुरुष, गैडाकोट १ का तिन पुरुष तथा दुई महिला, २ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष, ५ की एक महिला, ८ की एक महिला, ११ का एक पुरुष र १६ की एक महिला, नवलपुर गैडाकोट नगरपालिकाका वडा नखुलेका २८ पुरुष र १४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय ४५ जना डिस्चार्ज भएसंगै गण्डकीमा कोरोना जितेर घर फर्किनेको संख्या ४ हजार ८ सय २ पुगेको छ ।

पोखरामा उपचाररत तनहुँकी एक महिलाको बिहीबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत तनहुँ व्यास ५ की ८२ वर्षीया संक्रमित महिलाको विहान ७ :०० बजे मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *