रस अनलाइन खबर आज २०७७-०७-१७
काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलालीको टिकापुर नगरपालिका–९ घर भएका १८ वर्षीय प्रज्वल खाँड रहेका छन् ।
आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । खाँडलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(Visited 6 times, 1 visits today)