बढि भाडा लिनेलाई कडा कारबाही गर्दै ट्राफिक

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२९

ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

ट्राफिक महाशाखाले क्षमताभन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएको छ ।

यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्ट राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए ।

उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एव मुख्य भिडभाड हुने चोकमा चेकजाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिए/नलिएको विषयमा अनुगमन गरिएको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४५१ वटा सवारी साधनलाई सम्झाई वुझाई गरी सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रुलाई अनुरोध समेत गरेको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *