सङ्घीय सांसद पहाडीको निधन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२८

प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन ।

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन ।

उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *