गायिका नेहाले प्रेमी सार्वजनिक गरे लगत्तै गायक आदित्यले पनी आफ्नी प्रेमिकाबारे खोले यस्ता रहस्यहरु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-१६

नेपाली मुलका भारतीय गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायणले आँफु श्वेता अग्रवालसँग प्रेममा रहेको उल्लेख गरेका छन् ।

गायिका नेहा कक्कडले हालै रोहनप्रीत सिंहसँगको आफ्नो सम्बन्धबारे पुष्टि गरेसँगै आदित्यले पनि श्वेता अग्रवालसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका हुन् ।

नोभेम्बर अथावा डिसेम्बरमा विबाहको तयारीबारे पनि सोचिसकेका आदित्यले आँफुले पहिलो पटक श्वतेतालाई फिल्म श्रापितको सेटमा भेटेको र उनीहरु साथी भएसँगै सम्बन्ध प्रेममा परिणत भएको आदित्यले ई टाइम्ससँगको कुराकानीमा बताएका छन् ।

श्वेतालाई आफ्ना बुबा र आमाले निकै मन पराउने भन्दै आदित्यले भनेका छन् आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिनेपछि बल्ल विबाहको निर्णयमा पुगेको उनले बताएका छन् । आदित्यले गायिका नेहा र उनका प्रेमी राहुललाई बधाई र शुभकामना दिएका छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *