सुनसरीका विभिन्न स्थानमा दुर्घटना, तीन जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-१६

सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहानर्सिङ–१ स्थित राजमार्गमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आइतबार साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार दिउँसो ४ बजेतिर दुहबी कदमगाछीस्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले ठक्कर दिँदा को १७ प ६९८१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैँचाका ७० वर्षीय कृष्ण दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार राति १२ बजेतिर भोक्राहानरसिंह– १ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ वर्षीया महिला रहेकी छन् । ट्रकमै च्याप्पिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *