शरीरमा यस्ता लक्षण देखिए ? जाँच गराईहाल्नुस

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२५

मानिसमा लाग्ने ठूला रोगहरु निको हुँदैनन्। ती रोगहरुले शरीरका विभिन्न अं’गहरुमा असर गरिरहेका हुन्छन् र हाम्रो शरीरलाई भित्रै देखि खोक्रो बनाइरहेको हुन्छ।

निको नहुने त्यस्ता रोगहरुले जब हाम्रो शरीरलाई खोक्रो बनाइदिन्छन् तब मात्र हामीले थाहा पाउँछौं, तर त्यतिबेला रोगले हाम्रो जीवनलाई अन्तिम अवस्थामा पुर्याईसकेको हुन्छ।

निको नहुने भनिएका रोगले हाम्रो शरीरका विभिन्न अं’गहरुमा आ’क्रमण गर्छन्। जब रोगले आ’क्रमण गर्छ, तब हाम्रा अं’गहरुले हामीलाई संकेत दिइरहेका हुन्छन्। यदि त्यो संकेतलाई बुझ्न सक्यौं भने हामीले रोगको सुरुवाती अवस्थामा नै उपचार पाउँछौं र रोगकै कारण जीवन गुमाउनु पर्ने अवस्था आउँदैन।

मधुमेह रोग पनि त्यस्तै एउटा रोग हो, जुन रोग लागेको समयमै थाहा पाउन सकेनौं भने, हाम्रो जीवन जान्छ । मधुमेह रोग लाग्नुको लक्षण बारम्बार भोक लाग्नु पनि हो । मधुमेह रोग लागेपछि रगतले हाम्रो शरीरका कोषहरुमा ग्लुकोज पुर्याउँदैन, जसले गर्दा हाम्रो शरीरमा शक्ति संचित हुन पाउँदैन र बारम्बार भोक लागिरहन्छ । यसको साथै, शक्ति संचित नहुने कारणले नै हाम्रो शरीरले हरबखत थकान महसुस गर्छ। यस्तो अवस्थामा चकलेट तथा विभिन्न गुलिया पदार्थ खान कम गर्नुपर्छ।

मधुमेह भएपछि छिटो छिटो पिसाब लाग्ने समस्या हुन्छ । शरीरमा चिनीको मात्रा बढेपछि हाम्रो मृगौलाले तरल सोस्न सक्दैन, जसले गर्दा तरल छिटो छिटो बाहिर निस्किन खोज्छ र छिटो छिटो पिसाब लाग्छ । मधुमेहको अर्को लक्षण मुख सुक्नु पनि हो ।

शरीरले तरल पदार्थ लिन नसक्नु, छिटो छिटो पिसाब लाग्नु आदि कारणले गर्दा शरीरमा तरल पदार्थको कमी हुन्छ र मुख सुक्छ।

मधुमेहको अर्को लक्षण पिसाबमा सं’क्रमण, गु’प्ताङ्गमा विभिन्न रोग तथा घाउ खटिरा हुनु पनि हो । मधुमेह भएपछि हाम्रो छाला सुक्खा हुन्छ । रगतमा चिनीको मात्रा बढेपछि शरीरमा पानीको मात्रा कम हुन्छ। धेरै चिनीले गर्दा शरीरमा पसिना उत्पादन गर्ने ग्रन्थीमा पनि हानी पनि हानी पुग्छ र पसिना उत्पादन हुँदैन । यसले गर्दा शरीरको छाला तथा कपाल सुख्खा हुन्छ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *