चोरीको बुलेटसहित २६ मोटरसाईकल फेला, ८ जना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२३

काठमाडौँ उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ ।

शुक्रबार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।

प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोभिड–१९ महामारीको बिचमा पनि सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरासाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए ।

मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाईकल फेला पारेर सवारी धनिलाई जिम्मा लगाएको छ ।

चालू आर्थिक वर्ष ०७६/७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागी अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *