छुरा प्रहार गरी श्रीमतीको हत्या

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२३

संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन् ।

लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले हत्या गरेका हुन् ।

गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग विवाद हुँदा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

लिम्बूलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

तामाङको शव नेपाल पठाउन आर्थिक अभावले नसकिएकाले आवश्यक सहयोगका लागि दुबईमै रहेकी मृतककी दिदीले एनआरएनसँग अनुरोध गरेकी छन् ।

४ दिनभित्र शव बुझ्न दुबई प्रहरीले आफन्तलाई भनेपछि उनीहरूले यूएईस्थित नेपाली दूतावासलाई पनि अनुरोध गरेको शेर्पाले बताए ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *