रस अनलाइन खबर आज २०७७-०६-२३
वि.सं.२०७७ साल असोज २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,१६ घडी २८ पला,मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आद्र्रा,३६ घडी ३१ पला,बेलुकी ०८ बजेर ३७ मिनेट उप्रान्त पुनर्वशु । योग–परिध,४२ घडी ०८ पला,बेलुकी १० बजेर ५२ मिनेट उप्रान्त शिव । करण–बव,मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको १२ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ०५ पला । विश्व हुलाक दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो यात्रा भएपनि उपलब्धि कमै हुनेछ । बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिष्पर्धामा बढिनै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहेकोछ । माया प्रेममा अरुकै कुरा सुन्ने बानिले समस्या निम्तन सक्छ । अग्रजबाट हुने फैसला तपाईको तपाईको पक्षमा नहुन सक्छ । दाजुभाई सँग घरायसि कुरामा बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछिसम्म लाभ मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाई लेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केहि समय पर्खनुनै उचित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानि हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनि सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या देखिने हुुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्त सँग बिवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केहि दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा बिवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।
तपाईको दिन शुभ रहोस् ।