बाढीपहिरोबाट ३ दिनमा १७ जनाले ज्यान गुमाए, १५ बढी बेपत्ता

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०९

तीन दिनयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेको छ ।

पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ । यसैबीच निरन्तर वर्षाका कारण ३ दिनमा १७ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असोज ६, ७ र ८ गते आएको प्राकृतिक विपत्तिका कारण १७ जनाले ज्यान गुमाएका हुन् ।

प्राकृतिक विपत्तिका कारण यी तीन दिनमा कम्तीमा १५ जना बेपत्ता भएको केन्द्रको तंथ्याङमा उल्लेख छ ।

बिहीबार मात्र बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी क्षति पहिरोका कारण भएको छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *