पोखरामा होस्टेल संचालिका पक्राउ विद्यार्थी पठनपाठन गराएको आरोपमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०७

पोखरा-४ गैह्र्रापाटन स्थित अलब्राईट होस्टेल संचालिका सनसरी श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणका क्रममा नेपाल सरकारद्वारा निशेधित होस्टलमा विद्यार्थी राखेर पठनपाठन गराएको आरोपमा प्रहरीले उक्त संस्थाकी संचालिका पोखरा-८ न्यूरोड निवासी ३२ वर्षीया श्रेष्ठलाई पक्राउ गरेको हो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा निशेधित होष्टल, स्कुल, व्यायमशाला, धार्मिक स्थल लगायतका भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णायको विरुद्दमा कार्य गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ गरिएकी श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाईएको प्रहरीले जनाएको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *