श्रीमती जिस्काएको निहुँमा सुनसरीमा एक वृद्धमाथि खुकुरी प्रहार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०६

सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाकाअनुसार खड्काले कोइरालामाथि खुकुरी प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको छ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्। दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *