आलुको रसबाट चम्काउनुहोस् अनुहार, यस्तो छ प्रयोग गर्ने विधि

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०४

गर्मीमा अनुहारमा आलुको रस लगाउनाले धेरै फाइदाहरु पाउन सकिन्छ । यसले अनुहारका बिबिराबाट मुक्ति दिनुका साथै छालालाई गोरो बनाउने काम गर्छ ।

यसलाई प्रयोग गर्ने विधि पनि एकदमै सजिलो छ । यसका लागि आलुलाई कुटेर त्यसको रस निकालेर अनुहारमा लगाउनुपर्छ।

आलुलाई कुटेर त्यसको बाक्लो रसलाई अनुहारमा लगाएर पाँचदेखि दश मिनेटसम्म राख्नुहोस् र यसलाई सफा पानीले धुनुहोस् । यसले छालाका दागहरु हराउनुको साथै छाला सफा हुन्छ ।

कसैको अनुहारको छाला दुई रंगको हुन्छ निधार र नाक कालो देखिन्छ भने बाँकी अनुहार गोरो । यस्तो अनुहारमा आलुको रस लगाउनुभयो भने छालाको रंग समान हुन्छ । सै यसले अनुहारको लाइट पनि बढाउँछ ।

आलुको रसमा रुवा चोभेर आखाँमाथि राख्ने गर्नाले आँखा वरिपरीको कालो भाव पनि हराएर जान्छ । यसका लागि रुवालाई करिब पाँच मिनेट आँखामाथि राख्नुपर्छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *